नियम २६
दरखास्त रद्द वा सिफारिस बदर हुन सक्ने
(१) कुनै उम्मेदवारले झुठ्ठा विवरण दिएको प्रमाणित भएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा वा त्यस्तो कार्य गर्ने उद्योग गरेमा आयोगले त्यस्तो उम्मेदवारको दरखास्त रद्द गर्न सक्नेछ ।
(२) आयोगबाट नियुक्तिको लागि सिफारिस भएको कुनै उम्मेदवारले नियुक्ति लिन नपाउँदै निज सिफारिस हुन नसक्ने कुनै प्रमाणिक कारण उपलब्ध भएमा आयोगले त्यस्तो उम्मेदवारको सिफारिस बदर गर्न सक्नेछ ।
(३) कुनै उम्मेदवारले भुठो विवरण दिएको कुरा त्यस्तो उम्मेदवार सिफारिस गरिएको पदमा नियुक्ति भई सकेपछि थाहा हुन आएमा आयोगले निज उपर विभागीय कारवाहीको लागि सम्बन्धित अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ ।